नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज आयरल्यान्डद्वारा ‘क्लीन स्वीप’

हिमाल प्रेस २५ चैत २०८० १६:२३
22
SHARES
नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज आयरल्यान्डद्वारा ‘क्लीन स्वीप’

काठमाडौँ– नेपाल ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय सिरिज आयरल्यान्ड वल्भ्सले क्लीन स्वीप गरेको छ। दुई खेल जित्दै यसअघि नै उपाधि जितेको आयरल्यान्डले अन्तिम खेलमा पनि सानदार जित निकाल्दै सिरिज नै क्लीन स्वीप गरेको हो।

अन्त‍िम खेलमा नेपाल ६९ रनको फराकिलो अन्तरले पराजित भएको छ। ओपनर अर्जुन कुमालले उत्कृष्ट शतक प्रहार गरे पनि अन्य ब्याटर चल्न नसक्दा नेपालले अन्तिम खेल पनि गुमाउन पुग्यो। २८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको नेपाल ३९ दशमव ४ ओभरमा नै अलआउट हुँदै २१५ रनमै समेटियो।

नेपालका लागप सर्वाधिक अर्जुन कुमालले शतक प्रहार गरे। ११८ बलमा उनले १०२ रन बनाएका थिए। जसमा उनले १४ चौका प्रहार गरेका थिए। उत्कृष्ट सुरुवात गरेको नेपालले मध्यक्रममा भने लगातार विकेट गुमाउँदा लक्ष्य भेटाउन पाएन। ओपनरद्वय अर्जुन कुमाल र अर्जुन साउदबीच ६८ रनको उत्कृष्ट सुरुवात भएको थियो। ३० बलमा ३६ रन बनाएका साउद आउट भएपछि क्रिजमा आएका मध्यक्रमका ब्याटरले खासै रन बनाउन सकेनन्।

तेस्रो नम्बरमा आएका देव खनाल ११ रनमै आउट भएका थिए। त्यसपछि आएका नरेन भट्टले १५ रन बनाए। कप्तान विनोद भण्डारीले मात्र ४ रन बनाएर आउट हुँदा भीम शार्की शून्य रनमै आउट भएका थिए।

यस्तै रुपेश सिंहले १५ रन बनाउँदा शाहब आलमले ६ रन बनाए। रिजन ढकाल भने शून्य रनमै आउट भए। विकाश आग्रीले ३ तथा रन्जित कुमारले नटआउट १ रन बनाए।

नेपाललाई ३९ दशमलव ४ ओभरमै अलआउट गर्ने क्रममा आयर्यान्डका बेन ह्वाइटले सर्वाधिक ५ विकेट लिए। १० ओभरमा ६२ रन खर्चिँदै ५ विकेट लिएका हुन्। यस्तै गेभिन होयले ४ विकेट लिए भने माथ्यू फोस्टरले १ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जित्दै पहिले ब्याटिङ गरेको आयरल्यान्ड वल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रनको स्कोर थियो। आयरल्यान्डका लागि स्टेफिन दोहेनीले १०७ रनको शतकीय इनिङ्स खेल्दै ठूलो स्कोर बनाउन सहयोग गरेका थिए।

नेपालका लागि रन्जित कुमार र रिजन ढकालले ३/३ विकेट लिएका थिए। यस्तै विकास आग्री र शाहब आलमले एक/एक विकेट लिए। एकदिवसीय अघि भएको टी–२० श्रृंखला पनि नेपाल ए ले गुमाएको थियो। अन्तिम खेलमा जिन निकाले पनि पहिला दुई खेल हार्दा टी–२० सिरिज पनि आयरल्यान्डले जितेको थियो।

प्रकाशित: २५ चैत २०८० १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =