एमालेका अधिकारी गण्डकीमा मुख्यमन्त्री नियुक्त

हिमाल प्रेस २५ चैत २०८० १३:२७
22
SHARES
एमालेका अधिकारी गण्डकीमा मुख्यमन्त्री नियुक्त

काठमाडौँ– गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारीले असंवैधानिक तबरले सभामुख कृष्ण धितालकोसमेत समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। कांग्रेसले भने यो असंवैधानिक भएको र सभामुखको दाबी पेस गर्न नमिल्ने बताउँदै आएको थियो।

अधिकारीले एमाले,  माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। माओवादीले सभामुखलाई पनि समावेश गरेको हो। एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सिट पुग्छ। दलको सिट संख्याका आधारमा बहुमत पुर्‍याएर दाबी गरिएको थियो।

प्रकाशित: २५ चैत २०८० १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =