पुडासैनी, पोखरेल र शर्मालाई झपट पुरस्कार प्रदान

हिमाल प्रेस २४ चैत २०८० २०:५१
12
SHARES
पुडासैनी, पोखरेल र शर्मालाई झपट पुरस्कार प्रदान

काठमाडौँ- झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाले कञ्चन पुडासैनी, डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ र प्रा.डा. ऋषिराम शर्मालाई २०८० सालका ‘झपट पुरस्कार’ प्रदान गरेका छन्। समितिले शनिबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमर प्राज्ञ कञ्चन पुडासैनीलाई ‘झपट पुरस्कार’ प्रदान गरिएको राणाले बताए।

यसैगरी योगशिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा अहोरात्र समर्पित मानव स्वास्थ्यसेवाको संवर्धनमा उल्लेखनीय योगदान दिएबापत डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिएको छ।

यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ छन्। नेपाली कथासाहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिएबापत प्रा.डा. ऋषिराम शर्मालाई ५० हजार रुपैयाँ रााशिको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिएको राणाले जानकारी दिए

कार्यक्रममा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले ‘झपट अभिलेख’को लोकार्पण गरेका थिए।

झपट पुरस्कारका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा सम्पन्न समारोहमा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाई, झपट पुरस्कार व्यवस्था समितिका उपाध्यक्ष तथा पुरस्कार निर्णायक समितिका संयोजक प्रा.केशव सुवेदी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव रेखा राणाले संस्थाका गतिविधिमाथि प्रकाश पारेका थिए।

प्रकाशित: २४ चैत २०८० २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =