पुडासैनी, पोखरेल र शर्मालाई झपट पुरस्कार

हिमाल प्रेस २४ फागुन २०८० १५:२३
110
SHARES
पुडासैनी, पोखरेल र शर्मालाई झपट पुरस्कार कञ्चन पुडासैनी, डा. हरिप्रसाद पोखरेल र प्रा.डा. ऋषिराम शर्मा।

काठमाडौँ- झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो।

यसैगरी योगशिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा अहोरात्र समर्पित भई मानव स्वास्थ्यसेवाको संवर्धनमा उल्लेखनीय योगदान दिएबापत डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई २०८० सालको ‘यज्ञ केशर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको समितिकी सदस्य सचिव रेखा राणाले जनाएकी छन्। यी दुवै पुरस्कारको राशि जनही एक लाख रुर्पयाँ छन्।

नेपाली कथासाहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिएबापत प्रा.डा. ऋषिराम शर्मालाई २०८० सालको पचास हजार रुपियाँ रााशिको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ समर्पण गर्ने निर्णय भएको समितिले जनाइको छ। झपट पुरस्कार गुठीका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा आगामी चैत २४ गते झपट पुरस्कार समर्पण गरिनेछ।

 

प्रकाशित: २४ फागुन २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =