शिक्षक दरबन्दी मिलानका लागि के गर्दैछिन् शिक्षामन्त्री सुमना?

हिमाल प्रेस २४ चैत २०८० १५:००
3.0k
SHARES
शिक्षक दरबन्दी मिलानका लागि के गर्दैछिन् शिक्षामन्त्री सुमना? शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रीको पदभार सम्हालेको एक महिना पुगेको दिन शुक्रबार शिक्षा मन्त्रालयबाटै कार्य विवरण सार्वजनिक गरेकी छन्।

उनले विद्यालय शिक्षा सुधारका लागि एक महिना अवधिमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ कार्यान्वयनका लागि पहल गरेको र त्यो प्रक्रियाकाे चरणमा रहेको बताएकी छन्।

उनले आफ्नो विवरणमा शिक्षक दरबन्दी मिलानका लागि तथ्यगत मिलानका लागि आवश्यक अनुसन्धान गर्ने बताएकी छिन्। उनलेको कार्य विवरणमा उल्लेख छ, ‘विद्यार्थी र शिक्षकको अनुपात नमिलेको, कतै शिक्षकको अभाव त कतै विद्यार्थीको अभाव भएकाले शिक्षकको दरबन्दी मिलानका लागि तथ्यगत अनुसन्धान गर्ने।’

कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई आफ्नो भविष्यबारे उनीहरूको दक्षता अनुरुप उचित दिशानिर्देश गर्न करियरसम्बन्धी परामर्शको व्यवस्था गर्ने नयाँ प्रणालीको व्यवस्था प्रक्रियामा रहेको पनि बताएकी छिन्।

प्रकाशित: २४ चैत २०८० १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =