इलाम-२ : जनमत, नेमकिपा र एक स्वतन्त्रले गरे उम्मेदवारी मनोनयन दर्ता

हिमाल प्रेस २४ चैत २०८० १२:०१
26
SHARES
इलाम-२ : जनमत, नेमकिपा र एक स्वतन्त्रले गरे उम्मेदवारी मनोनयन दर्ता

काठमाडौँ– बैशाख १५ मा हुने उपनिर्वाचनमा लागि अहिलेसम्म ३ जनाले मनोनयन दर्ता गरिसकेका छन्। हालसम्म जनमत पार्टीका प्रेमदीप लिम्बु, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गरिसकेका छन्।

अब १२ बजे रास्वपालाई मनोनयन दर्ताका लागि समय दिइएको छ। रास्वपाबाट मिलन लिम्बुले उम्मेदवारी दिनेछन्। १२ : ३० मा मंगोल नेसनल अर्गनाइजेसन र स्वतन्त्र -डकेन्द्र सिंह थेगिमले १ बजे र नेकपा एमालेले १ : ३० लाई समय दिइएको छ।

यस्तै २ बजे नेकपा माओवादी केन्द्र र २ : ३० मा नेपाली कांग्रेस र ३ बजे राप्रपार ३ : ३० मा राप्रपा नेपाललाई समय दिइएको छ। यस्तै ४ बजे नेकपा एकीकृत समाजवादीलाई समय दिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २४ चैत २०८० १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =