गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ : प्रधानमन्त्री

हिमाल प्रेस २३ चैत २०८० १५:०५
10
SHARES
गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ : प्रधानमन्त्री नेकपा माओवादी केन्द्र जिल्ला पार्टीले बुधबार गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

गोरखा-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताएका छन्।

नेकपा माओवादी केन्द्र जिल्ला पार्टीले बुधबार गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताएका हुन्।

आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पारे। ‘गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ।’

देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएको प्रधानमन्त्रीको दाबी छ। उनले शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्ने कोही पनि नछुटेको बताए। माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौँ मिटरब्याजबाट पीडितलाई न्याय दिएको पनि उनले बताए।

प्रकाशित: २३ चैत २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =