यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय

हिमाल प्रेस २२ चैत २०८० १६:३०
18
SHARES
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय मन्त्रिपरिषद्को बिहीबार बसेको बैठक। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोकिने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए।

परिषद्को निर्णयमा उल्लेख छ, ‘श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकोमा सोको सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने।’

सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा. पशुपति चौधरी र सदस्य पदमा सिरहाका डा. वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने भएको छ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको ती मन्त्रीले बताए।

प्रकाशित: २२ चैत २०८० १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =