साझा न्यूनतम कार्यक्रमका कार्ययोजनालाई दिइयो एकीकृत रूप

हिमाल प्रेस २४ माघ २०७९ १६:२४
4
SHARES
साझा न्यूनतम कार्यक्रमका कार्ययोजनालाई दिइयो एकीकृत रूप फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले बनाएका कार्ययोजनालाई एकीकृत रूप दिएको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरीय बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरूले बनाएको कार्ययोजनालाई एकीकृत रूप दिएको हो।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरूलाई आआफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिएका थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न र नतिजामुखी बनाउन सबै मन्त्रालयहरूले आआफ्नो कार्ययोजना प्रस्तुत गरेको बताइन्। त्यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत रूप दिएको उनको भनाइ छ।

‘त्यसमा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरू छन्, जुन एउटा मन्त्रालयले मात्रै गरेर नहुने, त्यसमा साझा बुझाइ आओस् भन्ने हो,’ उनले भनिन्, ‘हाम्रो समग्र प्रक्रिया नै अलिकति झन्झटिलो छ। झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा सुधार गर्नुपर्छ भन्ने कुरा भएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =