त्रिशूलीमा बेपत्ता युवकको शव फेला

हिमाल प्रेस २१ चैत २०८० २१:३८
36
SHARES
त्रिशूलीमा बेपत्ता युवकको शव फेला प्रतीकात्मक तस्बिर।

गोरखा- शनिबार त्रिशूली नदीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षका युवकको शव फेला परेको छ। गोरखा नगरपालिका-७ स्थित पौवाखेतका विवश रोकाको आज (बुधबार) शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

घटनाको चार दिनपछि विवशको शव त्रिशूली नदी किनारमा फेला परेको हो। शनिबार काठमाडौँमा निधन भएका बुबा शंकर रोकाको पशुपतिमा अन्त्येष्टि गरी गोरखा फर्कने क्रममा बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित  सिमलधारा नजिकैबाट त्रिशूली नदीमा खसेको थियो। सोही दुर्घटनामा विवश बेपत्ता भएका थिए।

मृतक रोकाका हजुरआमा, दुई जना फूपुदिदी, भिनाजु र फूपुदिदीका छोराको भने सोही दिन घटनास्थलमै शव भेटिएको थियो।

प्रकाशित: २१ चैत २०८० २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =