त्रिशूली बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, १३ घाइतेलाई काठमाडौँ ल्याइयो

हिमाल प्रेस ६ भदौ २०८० १३:३३
28
SHARES
त्रिशूली बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, १३ घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ- त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ।

धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवारमध्ये ८ जनाको मृत्यु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाएका छन्। उनले त्रिशूली बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै ८ जनाको निधन भएको जनाएका हुन्।

१७ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनालाई काठमाडौँ रेफर गरिएको छ भने ४ को मलेखुमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो।

 

 

प्रकाशित: ६ भदौ २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =