त्रिशुली नदीमा खस्यो ट्याक्सी, ५ जनाको मृत्यु

हिमाल प्रेस १७ चैत २०८० ८:३८
12
SHARES
त्रिशुली नदीमा खस्यो ट्याक्सी, ५ जनाको मृत्यु

काठमाडौँ- काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

ट्याक्सीबाट पाँचै जनालाई मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन्।

प्रकाशित: १७ चैत २०८० ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fourteen =