अजय देवगन अभिनीत ‘मैदान’ को ट्रेलर

हिमाल प्रेस २१ चैत २०८० १५:३३
14
SHARES
अजय देवगन अभिनीत ‘मैदान’ को ट्रेलर

काठमाडौँ- बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘मैदान’ को ट्रेलर सार्वजनिक भएको छ। जि-स्टुडियोज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्म भारतीय फुटबल प्रशिक्षक सैय्यद अब्दुल रहीमकाे कथामा आधारित छ। फिल्ममा अजय देवगन सैय्यद अब्दुल रहीमको भूमिकामा छन्। सैय्यद सन् १९५० देखि १९६३ सम्म भारतीय फुटबल प्रशिक्षक थिए।

फिल्ममा अजयसँगै प्रियमणी, गजराज राव, रुद्राणीलगायत कलाकारको अभिनय छ। अमित रवीन्द्रनाथ शर्माले निर्देशन गरेको फिल्म आगामी १० अप्रिलमा प्रदर्शन हुनेछ। फिल्ममा जि-स्टुडियो, बोनी कपूर, आकाश चावला र अरुणा जोय सेनगुप्ताको लगानी छ।

यस्ताे छ ट्रेलर 

प्रकाशित: २१ चैत २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =