‘राजनीतिक भागबन्डा गरेर न्यायाधीश नियुक्ति गर्दा समस्या आइरहेको छ’

हिमाल प्रेस २० चैत २०८० १५:१५
12
SHARES
‘राजनीतिक भागबन्डा गरेर न्यायाधीश नियुक्ति गर्दा समस्या आइरहेको छ’

काठमाडौँ- सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाएकी छन्।

न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागवण्डाको विषय बनाएपछि समस्या आएको उनको भनाइ छ। मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागवण्डाको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन्।

‘न्यायाधीश नियुक्तिमा हामीले राजनीतिलाई छिरायौं। सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा एक जना खाली भयो भने त्यहाँ नियुक्ति गर्नुपर्नेमा ४-५ जना खाली गराउने पर्खाइमा छौँ। र, भागवण्डा गर्ने पर्खाइमा छौँ। यो विषयमा हामीले गम्भीर भएर सोच्नुपर्छ,’ उनले भनिन्।

उनले कारागारभित्र क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिएकोमा पनि आपत्ति जनाइन्। सांसद गौतमले सुधारका लागि कारागारमा लगिएका कैदीबन्दी झनै आपराधिक मनोबल लिएर बाहिर आउने सम्भावना रहेको औँल्याउँदै त्यसतर्फ गम्भीर भएर काम गर्न पनि सरकारलाई सुझाव दिइन्।

प्रकाशित: २० चैत २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fourteen =