सदनमा उठेका विषयलाई सदनबाटै जबाफ दिन पाउनुपर्छ : गृहमन्त्री

हिमाल प्रेस २० चैत २०८० १३:५९
4
SHARES
सदनमा उठेका विषयलाई सदनबाटै जबाफ दिन पाउनुपर्छ : गृहमन्त्री

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरूको जवाफ सदनमै उभिएर दिन पाउनुपर्ने बताएका छन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सहकारी लगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन्।

लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुराहरू सदनमा उठाउन पाउनुपर्ने बताएका छन्।

लामिछानले गृह मन्त्रालयको काम कारवाही, विपत व्यवस्थापनको तयारी, भूकम्पपिडितको पुर्नवास लगाएतका विषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे।

उहाले जाहेरी दिदैमा सदनमा सबै विषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राखे।

रास्वपा सभापति समेत रहेको लामिछानेले पार्टीका अन्य नेताहरुको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे।

कसैमाथि प्रश्न उठ्दैमा आतिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

प्रकाशित: २० चैत २०८० १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =