कनिका छरेजस्तो बजेट नबनाउनुहोला : सांसद ढकाल

हिमाल प्रेस १९ चैत २०८० १३:०८
16
SHARES
कनिका छरेजस्तो बजेट नबनाउनुहोला : सांसद ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आगामी बजेटमा योजनाहरू कनिका छरेजस्तो नबनाउन माग गरेका छन्। सोमबारको प्रतिनिधिसभाको विशेष समयमा उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘बजेट कनिका जसरी नछरिदिनुहोला। कृपया एकीकृत गरिदिनुहोला,’ उनले भने।

स्थानीय तहको समन्वयमा मात्र योजनामा बजेट छुट्याउन र चिर्कटो मन्त्रालयमा आएको भरमा बजेट नदिन सांसद ढकालले आग्रह गरे।

‘तपाईंका मन्त्रालयका चिर्कटाहरू स्थानीय निकायहरूको समन्वय नभएको योजनाहरू बजेटमा नपार्नुहोला। सरकार र मन्त्रीहरू सजग बन्नु आगामी दिनमा यसलाई निरन्तरता नदिइयोस्,’ उनले भने।

प्रकाशित: १९ चैत २०८० १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =