कस्ता नेपालीले पाउँछन् कोरियाको ई-७ भिसा?

रमेश भारती १७ चैत २०८० ११:०५
68
SHARES
कस्ता नेपालीले पाउँछन् कोरियाको ई-७ भिसा? दक्षिण कोरियाको राजधानी सिउल। तस्बिर स्रोत : पिक्सेल

काठमाडौँ- पछिल्लो समय दक्षिण कोरियाले स्रोत देशबाट ३५ हजार विदेशी कामदार ई-७ भिसामार्फत भित्र्याउने नीति अघि सारेको छ। सन् २०२४ मा ई-७ भिसामार्फत यति संख्यामा काम लैजाने लक्ष्यका साथ कोरियाले स्रोत देशसँग छलफल अघि बढाएको छ।

नेपालस्थित कोरियन राजदूतावासले नेपालबाट पनि ई-७ भिसामार्फत कामदार लैजाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल अघि बढाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ई-७ भिसालाई समेत ईपीएसमा राख्न निर्देशन दिएपछि श्रम तथा रोजगार मन्त्रालयले यसबारे अध्ययन गर्न कार्यदल बनाएको हो। अहिले कोरियाको ई-७ भिसाका विषयमा कार्यदलले अध्ययन गरिरहेको श्रम मन्त्रालयले जनाएको छ।

पछिल्लो समय ई-७ भिसामार्फत निजी क्षेत्रले युवा कोरिया पठाउन श्रम मन्त्रालयले निर्देशक बनाएर जारी गरेको थियो। यस विषयमा बजारमा निराधार हल्ला भएपछि श्रम मन्त्रालयले तत्कालका लागि निर्देशक लागू नगर्ने भन्दै मन्त्रालयको साइटबाट हटाएको छ।

ई-७ भिसामा नेपाली कामदार कसरी पठाउने भन्ने विषयमा अध्ययन र छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए। कोरियाले नेपालबाट ई-७ भिसामा कामदार लैजान चासो राखेको छ। यस विषयमा अहिले अध्ययन भइरहेको उनको भनाइ छ।

यस्ता विदेशी कामदारले ई-७ भिसा पाउँछन्

कोरियाले ईपीएस प्रणालीमार्फत् कामदार लगिरहेका नेपालजस्तै अन्य १५ देशबाट ई-७ भिसामा पनि दक्ष कामदार गत सालदेखि लैजान थालेको हो। नेपालबाट यसै वर्षदेखि ई-भिसामा कामदार लैजान कोरियाले पहल गरेको हो।

कोरियामै कार्यरत विदेशी कामदारका हकमा एक तहको भाषा परीक्षा उर्त्तीण गरी कुनै पनि क्षेत्रका दक्षता भएका विदेशी कामदारलाई ई-७ भिसा दिदैँ आएको छ। कोरियामा ३ लाखभन्दा बढी विदेशी कामदारले ई-७ भिसा लिएर बसेका छन्।

हाल कोरियाले १० बर्ष कोरियामै रोजगारी गरेर बसेका नेपालसहित अन्य देशका दक्ष श्रमिकलाई ई-७ भिसाको सुविधा दिदै आएको छ। कोरियामा ७ हजारभन्दा बढी इपीएसमार्फत गएको नेपालीहरूले ई-७ भिसा पाएको कोरियास्थित नेपाली दूतावासको अनुमान छ।

ई-७ भिसालाई चार भागमा वर्गीकरण

कोरियाली विदेश मन्त्रालयको वेबसाइटमा ई-सेभन भिसालाई चार भागमा वर्गीकरण गरिरहेको छ।

पहिलो : सेल्स, डेभलपर, सेल्स र जनसम्पर्कका क्षेत्रमा यस भिसामा काम गर्नेलाई महत्वमा राखिएको छ। यस भिसामा वरिष्ठ कार्यकारी, प्रबन्धक, इन्जिनियर, नर्स, विश्वविद्यालय लेक्चरर, विदेशी विद्यालय शिक्षक, व्यवस्थापन विशेषज्ञ, विदेशी विक्रेता, अनुवादक र अनुवादक, डिजाइनर र उदघोषकले पनि भिसा पाउँछन्।

दोस्रो : कुक, शेफ, होटल र स्वास्थ्य क्षेत्रमा कामलाइए यस भिसामा काम गर्नेहरूलाई दिइन्छ। यस भिसामा ड्युटी फ्री पसलमा बिक्री क्लर्क, हवाई यातायात क्लर्क, होटल रिसेप्शनिस्ट, मेडिकल संयोजक, ग्राहक परामर्श क्लर्क, यातायात सेवा कार्यकर्ता, पर्यटक दोभाषे, क्यासिनो डिलर, शेफ र कुकले रोजगारीको अवसर पाउँछन्।

तेस्रो : वेल्डिङ र पेन्टिङका क्षेत्रमा सीप भएका हरूले पाउँछन्। पशु प्रविधिक, एक्वाकल्चर प्राविधिक, हलाल वधशाला कार्यकर्ता, वाद्य यन्त्र निर्माता र ट्युनर, जहाज निर्माण वेल्डर, विमान मेकानिक, जहाज चित्रकार, र जहाज इलेक्ट्रीशियनले भिसा पाउँछन्।

चौथो : निर्माण र उत्पादनका क्षेत्रमा विशेष सीप भएका विदशी कामदारलाई यस भिसाको सुविधा पाँउछन्। यस भिसामा उत्पादन, कृषि, वन, पशुपालन, मत्स्य पालन र निर्माणमा दक्ष कामदारले अवसर पाउँछन्।

ई-७ भिसाका लागि डिप्लोमा अनिवार्य र पेसाको अनुभाव हुनुपर्ने व्यवस्था छ। स्थानीय कम्पनीहरूले निश्चित संख्यामा कोरियालीहरूलाई काममा राख्नुपर्छ र विदेशी कामदारहरूलाई न्यूनतम पारिश्रमिकभन्दा बढी तिर्नु पर्छ। तिनीहरूले निश्चित संख्यामा विदेशीहरूलाई मात्र काममा राख्न सक्छन्।

ई-७ मासिक तलब न्यूनतम २७ लाख कोरियन वोन अर्थात् दुई लाख ६० हजार रुपैयाँ नेपाली तलब हुन्छ।

हाल कोरियामा ई-७ भिसामा कार्यरत नेपाली कामदारले चार लाखभन्दा बढी मासिक तलब पाउने गरेको श्रम मन्त्रालयले जनाएको छ।
कोरियामा कार्यरत नेपालीका अनुसार यो भिसामार्फत धेरै नेपालीले ई-९ भिसालाई परिवर्तन गरी ई-७ हैसियतमा काम गरिरहेका छन्। यो भिसा पाउने विदेशीले बुबाआमा वा श्रीमानश्रीमती लैजान सक्ने सुविधा छ।
कोरियाले ई-७ भिसा सिप भएका अथवा दक्ष विदेशी कामदारलाई दिदैँ आएका छ। कोरियााम अध्ययन गर्न गएका विदेशी विद्यार्थीले समेत ई-७ भिसा पाउने गरेका छन्। विद्यार्थीका हकमा अध्ययन सकेपछि सम्बन्धीत विषयमा २१ महिना काम गरेको हुनुपर्छ।

प्रकाशित: १७ चैत २०८० ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =