काभ्रे जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

हिमाल प्रेस १ भदौ २०८३ १७:४४ | Monday, August 17, 2026
10
SHARES
काभ्रे जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

काठमाडौँ- खानीखोला गाउँपालिका–१ स्याउथलीमा भएको जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा खानीखोला –२ को २४ बर्षिया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

दुर्घटनामा घाइते काभ्रे बनेपा नगरपालिका–१४ बस्ने २५ वर्षको राहुल तामाङ, खानीखोला–३ का २४ वर्षिय प्रदिप जर्गामगर, खानीखोला–५ का वर्ष नखुलेको बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जिप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ वर्षका यसबहादुर तामाङलाई हेलिकप्टरबाट उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ।

पनौती–तालढुङ्गा भित्री सडकखण्डमा ुसोमबार बिहान जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा भएको थियो।

सूचना अधिकारी विष्टका अनुसार लामा र रावलको अवस्था गम्भीर रहेको छ।

जिप खानीखोलाबाट बनेपातर्फ आइरहेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ। प्रहरीले जिपको ब्रेक–फेल भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

प्रकाशित: १ भदौ २०८३ १७:४४ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast