कान्ति बाल अस्पताल आएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस्  : स्वास्थ्यमन्त्री

हिमाल प्रेस १४ चैत २०८० २१:३०
20
SHARES
कान्ति बाल अस्पताल आएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस्  : स्वास्थ्यमन्त्री

काठमाडौँ- उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज (बुधबार) कान्ति बाल अस्पतालको अनुगमन गरेका छन्।

उनले अनुगमनका क्रममा उपचारका लागि कान्ति बाल अस्पताल आएका कोही पनि बिरामी शय्या नपाएर उपचारबिना नै घर फर्कनुपर्ने अवस्थामा अन्त्य गर्न निर्देशन दिएका छन्।

‘अस्पतालमा आएका बिरामी शय्या नपाएर अन्त्यै निजी अस्पतालमा उपचारमा जाने गरेको गुनासो सुन्नमा आएको छ,’ उनले भने, ‘अस्पतालले शय्या थपेर हुन्छ के के गरेर हुन्छ अस्पताल आएका बिरामी उपचारबाट वञ्चित हुन परेको खबर सुन्न नपरोस्। उपचार गर्न आएका सबैको उपचारको व्यवस्था मिलाउनुहोस्।’

उनले अस्पतालको शय्या, सघन उपचार कक्ष (आईसीयू) थपेर उपचार गर्न आएका बिरामीको उपचार गर्नुपर्ने भन्दै मन्त्रालयले अस्पताललाई के सहयोग गर्नुपर्दछ त्यो तयार रहेको बताए।

प्रकाशित: १४ चैत २०८० २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =