चार दिनपछि दोहोरो अंकले बढ्यो सेयर कारोबार

हिमाल प्रेस १३ चैत २०८० १५:४२
8
SHARES
चार दिनपछि दोहोरो अंकले बढ्यो सेयर कारोबार

काठमाडौँ- लगातार चार दिनसम्म घटेको नेप्से परिसूचकमा मंगलबार दोहोरो अंकको वृद्धि भएको छ। नेपाल स्टक एक्सजेन्जका अनुसार मंगलबार नेप्से परिसूचक १०.१४ अंकले बढेर दुई हजार ४१.७० को बिन्दुमा कायम भएको हो।

विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता सेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा वित्त समूह ०.०६, जीवन बिमा समूह ०. १८ र व्यापार समूह ०. १४ प्रतिशतले घटेका छन् भने अन्य सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.११ र जलविद्युत् समूह १.५८ प्रतिशतले बढेको छ।

डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३१ लाख ३९ हजार ७० बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार छ सय २४ कित्ता सेयर किनबेच भएको छ।

नेप्से बढे पनि कारोबार रकम घटेको छ। फागुन २१ गतेयताकै सबैभन्दा कम कारोबार रकम हो।

प्रकाशित: १३ चैत २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =