नयाँ वर्षको पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से

हिमाल प्रेस ८ वैशाख २०८० १८:२९
4
SHARES
नयाँ वर्षको पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से

काठमाडौँ– नयाँ वर्ष ०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ। गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ। गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ। पछिल्लो सातामा भएको ५ कारोबारमध्ये १ कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी ४ कारोबारमा भने बजार घटेको छ।

नयाँ वर्ष लागेसँगै बैंकको ब्याजदरको निक्षेपको ब्याज घटेसँगै बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन। गत साता वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से उच्च दरमा बढेको थियो। साताको पहिलो कारोबार दिन वैशाख ३ गते आइतबार, सोमबार, मंगलबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधबार सामान्य अंकले वृद्धि भएको थियो।

०८० सालको पहिलो कारोबार दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा झरेको थियो। उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो। आइतबार कारोबारमा आएका २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता सेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो।

यस्तै साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ बिन्दुमा झरेको थियो। नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो। सोमबार कारोबारमा आएका २६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता सेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

यस्तै साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ बिन्दुमा झरेको थियो। यस दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो। मंगलबार कारोबारमा आएका २६६ कम्पनीको २९ लाख ७० हजार कित्ता सेयर ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

लगातार रूपमा घट्दै आएको नेप्से बुधबार भने १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको थियो। बुधबार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो।

यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ। बिहीबार नेप्सेसँगै काारोबार रकम पनि ९८ अर्ब रुपैयाँमा नै सीमित भएको छ। बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा देखिदाँसमेत पनि सेयर बजारमा खासै प्रभाव पर्न सकेन।

अधिकांश बैंकहरूले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेका छन्। यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ। गत साता १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ।

प्रकाशित: ८ वैशाख २०८० १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =