दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

हिमाल प्रेस २७ फागुन २०८० १६:०५
10
SHARES
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक २२.१० अंकले बढेर दुई हजार ५२.६५ को बिन्दुमा कायम भएको हो।

आइतबार तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर ५६ हजार सात सय २६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ।

जलविद्युत् समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक चार दशमलव २१ र जीवन बिमा समूहको उपसूचक एक दशमलव ८४ प्रतिशतले बढेको छ।
बैंकिङ समूह शून्य दशमलव ७४, विकास बैंक एक दशमलव ०८, वित्त समूह एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव १२ र लगानी समूह एक दशमलव २६ प्रतिशतले बढेको छ।
उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१, म्युचुअल फण्ड एक दशमलव ०१, निर्जीवन बिमा एक दशमलव ३४, व्यापार शून्य दशमलव ६५ र अन्य समूह शून्य दशमलव २८ प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २२ करोड ९३ लाख २५ हजार छ सय ४३ बराबरको चार लाख ३० हजार एक सय ३१ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: २७ फागुन २०८० १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =