नेप्से परिसूचक १३.७१ अंकले गिरावट

हिमाल प्रेस ९ माघ २०७९ १७:०२
4
SHARES
नेप्से परिसूचक १३.७१ अंकले गिरावट

काठमाडौँ- साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से १३.७१ अंक घटेर २१६५.१० बिन्दुमा झरेको हो। सेन्सेटिभ इन्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले घटेको छ।

कारोबारमा आएका २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार कित्ता सेयर ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँग कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको सेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा बैंकिङ उपसमूहको परिसूचक १.०८ अंक बढेको छ। तर विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेमा गिरावट आए पनि पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

पिपुल्स हाइड्रोपावर र मैलङङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आज कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ९ माघ २०७९ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =