रञ्जना सिनेप्लेक्स तेस्रो वर्षमा प्रवेश

हिमाल प्रेस १२ चैत २०८० १७:२२
54
SHARES
रञ्जना सिनेप्लेक्स तेस्रो वर्षमा प्रवेश

काठमाडौँ- न्युरोडस्थित रञ्जना हल तेस्रो वर्षमा प्रवेश गरेको छ। २०७८ साल चैत ११ देखि पुनः सञ्चालन भइरहेको रञ्जना सिनेप्लेक्स टिमले सोमबार दोस्रो वार्षिककोत्सव मनाएको छ।

कोरोनापछि फिल्म व्यावसाय सन्तोषजनक नभएपनि हलले पुराना इतिहासलाई ब्युँताउने काम गरिहेको हल व्यवस्थापक शशांकमान सिंहले बताए। ‘कोरोनापछि व्यावसाय पहिलेजस्तो छैन्।’ उनले भने। ‘पुराना दर्शक आउनुहुन्छ र खुसी व्यक्त गर्नुहुन्छ।’

आधुनिक प्रविधि जडान गरिएकोलेपनि व्यापार सन्तोषजनक नै रहेको उनले बताए। उनका अनुसार रञ्जनामा नेपालमै पहिलो पटक एलडब्ल्यू साउण्ड सिष्टम जडान गरिएको छ। हलमा जडान गरिएको थ्रीडी सिस्टम र फोरके प्रोजेक्सनले दर्शक आकर्षित छन्। ‘दर्शकले रुचाएका फिल्ममा हाउस फूल भइरहेको हुन्छ।’ उनले भने।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोड मानिसहरुको अत्याधिक चाप हुने स्थान हो। सो स्थानमा सांस्कृतिक कार्यक्रमहरु पनि बढि भैरहने हुँदा पार्किङ समस्या पर्ने गरेको उनको गुनासो छ।

उनका अनुसार २०७८ चैत ११ देखि पुनः सञ्चालन भइरहेको हलमा ३ वटा अडिटोरियम गरी ५ सय २३ सिट छन्। करिब २२ करोड लगानीमा बनेको ठुलो हलमा २ सय ५० सिट छ। दोस्रोमा १ सय ६० र तेस्रोमा १ सय १३ सिट छ। ‘पहिले एउटा हल थियो। हामीले तीनओटा हल सञ्चालनमा ल्याएका छौँ।’ उनले भने।

हलमा साताको दुई दिन बुधबार र बिहीबार फिल्म टिकटमा छुटको व्यवस्था छ। १७५ रुपैयाँमै टिकट उपलब्ध गराएका छन्। अरु दिनमा टिकटको मूल्य ३५० रुपैयाँ कायमै छ। २०१४ सालदेखि सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हल मध्येको एक हो। हल बन्द भएपछि स्थानमा रञ्जना ट्रेण्ड सेन्टर कम्प्लेक्स सञ्चालन भइरहेको थियो। नरेन्द्र महर्जनको टिमले हल पुन सञ्चालनमा ल्याएका हुन्।

प्रकाशित: १२ चैत २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =