धवलसहित १८३ जनाले छोडे राप्रपा

हिमाल प्रेस २१ जेठ २०८३ १४:५८ | Thursday, June 4, 2026
12
SHARES
धवलसहित १८३ जनाले छोडे राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

राणासहित पार्टीका उपाधयक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्यसम्पादन समिति सदस्य नारायणप्रसाद कोइराला तथा कर्णबहादुर शाही रहेका छन्।

त्यस्तै केशवराज श्रेष्ठ, प्रवक्ता सगुन सुन्दर लावतीका साथै केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीहरूले पार्टी परित्याग गरेका छन्।

संवैधानिक राजसंस्था पुनः स्थापना गर्ने लक्ष्य लिएको पार्टीको मूल नेतृत्व गणतन्त्र सुदृढीकरण गर्नतर्फ अग्रसर भएकाले संयुक्त रुपमा पार्टी परित्याग गरेको जारी विज्ञप्तिमा जनाइएको छ।

यो विषयमा केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समितिलगायतका वैधानिक थलोमा पटकपटक प्रश्न उठ्दा समेत सम्बन्धित पक्षबाट स्पष्टीकरण उपलब्ध नभएको राप्रपा छोडेका नेताहरूले आरोप लगाएका छन्।

राजसंस्था पुनःस्थापनका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भएको आरोप लगाउँदै संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता नभएको विज्ञप्तिमा उल्लेख छ।

विधान मान्नुपर्छ भन्ने नेता कार्यकर्तालाई विधान मिच्दै निरंकुश शैलीमा काराबही गर्ने अभियान चलाइएको भन्दै जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको वैधानिक निर्णय उल्लंघन गरिएको आरोप लगाइएको छ।

नेता राणाले जेठ १७ गते राप्रपा परित्याग गरेको घोषणा गरेका थिए। पार्टी परित्याग गर्दे उनले राष्ट्रवादी शक्ति निर्माण गर्ने नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्।

राणाले पार्टी परित्याग गर्ने घोषणा गरेसँगै राप्रपाका पूर्व तीन अध्यक्षहरूले निर्णय फिर्ता लिन आग्रह गरेका थिए। पूर्वअध्यक्षहरू कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति निकालेर राणालाई पार्टी परित्याग गर्ने निर्णय फिर्ता लिन अनुरोध गरेका थिए।

प्रकाशित: २१ जेठ २०८३ १४:५८ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast