नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सै घण्टा खुला*

हिमाल प्रेस ८ चैत २०८० १४:२१
14
SHARES
नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सै घण्टा खुला*

काठमाडौँ-  सुरक्षा निकायद्वारा सञ्चालित हलचोक पेट्रोल पम्प र कालिका पेट्रोल पम्प २४ सै घण्टा खुला हुने भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले पेट्रोल पम्प सञ्चालन गरेका छन्।

गृह मन्त्रालयले २४ सै घण्टा पेट्रोल पम्प सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले २४ सै घण्टा खुला गरेका हुन्।

सशस्त्र प्रहरीले कल्याणकारी सेवा केन्द्रद्वारा संचालित स्वयम्भु हलचोकस्थित हलचोक फ्युल स्टेसन र पोखरा मालेपाटनस्थित कालिका फ्युल स्टेसन पनि अबदेखि २४ सै घण्टा खुला हुनेछ।

समाचार शीर्षक र तस्बिर सच्याइएको छ।

प्रकाशित: ८ चैत २०८० १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =