गठबन्धनसँग छलफल गरेर उम्मेदवार चयन गर्ने नेकपा एसको निर्णय

हिमाल प्रेस ७ चैत २०८० १८:०६
24
SHARES
गठबन्धनसँग छलफल गरेर उम्मेदवार चयन गर्ने नेकपा एसको निर्णय नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारको तय गर्न गठबन्धन दलसँग छलफल गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

‘गठबन्धन दलहरुसँग छलफल छलफल गरेर इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारीका सन्दर्भमा पार्टीमा थप छलफल गर्ने निर्णय भएको छ,’ बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने।

यसैगरी बैठकले इलाम २ मा प्रतिनिधिसभा सदस्य चयन र बझाङ १ मा प्रदेशसभा निर्वाचनका लागि पार्टीको प्रदेश, जिल्ला, क्षेत्रीय कमिटीसँग रायसुझाव माग्ने र त्यसका आधारमा आवश्यक निर्णय लिने निष्कर्ष निकालेको खतिवडाले बताए।

यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन्। उनले भने, ‘उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए सोच्न सकिनेछ।’

पार्टी कार्यालयमा सञ्चारकमीसँग कुरा गर्दै खनालले यसअघिको चुनावमा इलामले फुर्सद दिएकाले अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट वामपन्थी एकतातर्फ ल्याउने काममा लागेको बर्ता।

इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ १ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: ७ चैत २०८० १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =