युट्युबमा हेरौँ नाटक ‘पगला घोडा’

हिमाल प्रेस ७ चैत २०८० १४:४३
134
SHARES
युट्युबमा हेरौँ नाटक ‘पगला घोडा’ तस्बिरहरू : दिपेश श्रेष्ठ

काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा गत पुस १२ देखि माघ ६ सम्म मञ्चन भएको नाटक ‘पगला घोडा’ युट्युबमा सार्वजनिक भएकाे छ। नाटक ओएसआर डिजिटल युट्यब च्यानलमार्फत  सार्वजनिक गरिएको हो।

नाटकमा पछिल्लो समय बढ्दो आत्महत्याको विषय र महिलामाथि हुने अन्याय र अत्याचारबारे सचेतना गराउने प्रयास गरिएको छ। भारतीय चर्चित नाटककार बादल सरकारको कथा रहेको नाटकको नेपाली अनुवाद शिव खांड ठकुरीले गरेका हुन्। आलेख सुपरीवेक्षकको रूपमा कलाकार आशान्त शर्मा छन्।

नाटकको परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठको परिकल्पना र निर्देशनमा मञ्चन भएको नाटकमा कलाकार प्रमोद अग्रहरि, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार र बिम्ब अधिकारीको अभिनय छ।

हेरौँ नाटक ‘पगला घोडा’

प्रकाशित: ७ चैत २०८० १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =