नेसपाले महिन्द्रराय र गंगानारायणलाई पार्टीबाट हटायो

हिमाल प्रेस ६ चैत २०८० ६:५८
34
SHARES
नेसपाले महिन्द्रराय र गंगानारायणलाई पार्टीबाट हटायो

काठमाडौँ- महेन्द्रराय यादव र गंगानारायण यादव बाहिरिने निर्णयपछि बसेको नेपाल समाजवादी पार्टी (नेसपा)को बैठकले तत्काल अन्य पार्टीसँग एकता गर्ने निर्णय खारेज गरेको छ।

यसअघि अन्य पार्टीसँग एकता गर्ने निर्णयलाई नेसपाका कार्यकारिणी अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले निर्णय खारेज गरेको हो। भट्टराई पक्षले आफ्नो बैठकमा दुईतिहाइभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको दाबी गरेको छ।

बैठकले आगामी माघभित्र महाधिवेशन गर्ने गरी हालका सबै समिति आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ।
आगामी असोजमा विधान अधिवेशन र माघभित्र महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ। पार्टीको नियमावली पारित गरिएको छ भने महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतलाई कारबाही गरेको छ।

पार्टीले ती नेताले माओवादीमा नेसपा विलय गराउने भन्दै ‘दुषित नियतले वक्तव्यवाजी गर्ने’ भन्दै कारबाही गरेको हो। गत शनिबार मात्रै महिन्द्रपक्षधर केही नेताले नेसपालाई माओवादीसँग एकता गर्नेनिर्णय गरेको थियो। यसैकारण तत्काल नेसपाले बैठक बसेर उनीहरूलाई जिम्मेवारी मुक्त गरेको हो।

प्रकाशित: ६ चैत २०८० ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =