बालविकास शिक्षक र विद्यालय कर्मचारीकाे तलबबारे यसो भन्छन् यी प्रधानाध्यापक

हिमाल प्रेस ३ चैत २०८० १७:०७
11.0k
SHARES
बालविकास शिक्षक र विद्यालय कर्मचारीकाे तलबबारे यसो भन्छन् यी प्रधानाध्यापक

काठमाडौँ- पद्मोदय माध्यमिक विद्यालय, काठमाडौँका प्रधानाध्यापक नारायणप्रसाद गौतमले राज्यले प्राथमिक तहमा लगानी बढाएर बलियो बनाउनुपर्ने बताएका छन्। हिमाल प्रेससँग कुरा गर्दै प्रधानाध्यापक गौतमले प्राथमिक तहलाई सिकाइमैत्री, त्यसैखालका भौतिक संरचना, सिकाइ सामग्री प्रबन्ध गर्न सकियो भने विद्यालयमा आकर्षण बढ्ने बताए।

उनले भने,‘राज्यले प्राथमिक तहमा लगानी बढाएर बलियो बनाउनुपर्छ। बालविकास विषयमा स्नातकोत्तर गरेका जनशक्ति चाहिन्छ। प्राथमिक तहलाई सिकाइमैत्री, त्यसैखालका भौतिक संरचना, सिकाइ सामग्री प्रबन्ध गर्न सकियो भने विद्यालयमा आकर्षण बढ्छ।’

प्रारम्भिक बालविकास सहजकर्ताका लागि काठमाडौँ महानगरपालिकाले एउटा दरबन्दी दिएको उनले बताए। उनले भने,‘एकजना शिक्षिका हामीले निजी स्रोतबाट व्यवस्थापन गरेका छौँ। हामीले ६० जना विद्यार्थीलाई दुईवटा समूहमा राखेर टिकाइराखेका छौँ। बालविकास शिक्षकले मासिक १८ हजारभन्दा बढी तलब पाउनुहुन्न। थप हामीले दिएर व्यवस्थापन गरेका छौँ।’

उनले कर्मचारी पनि विद्यालयको एउटा अंग भएकाे बताउँदै उहाँहरूलाई राम्रो सेवासुविधा दिलाउन सकियो भने विद्यालयको प्रशासनिक व्यवस्था चुस्तदुरुस्त हुने र अभिभावकमा विश्वास जागृत गराउन सहयाेग पुग्ने बताए।

प्रकाशित: ३ चैत २०८० १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =