ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सुविधाबारे के भन्छन् यी प्रधानाध्यापक

हिमाल प्रेस ८ वैशाख २०८१ १३:५८
3.6k
SHARES
ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सुविधाबारे के भन्छन् यी प्रधानाध्यापक

काठमाडौँ– ललितपुर महानगरपालिकास्थित मदन स्मारक माविका प्रधानाध्यापक गोविन्द पौडेलले बालविकास शिक्षक (ईसीडी)लाई पनि शिक्षकले पाउने तलब उपलब्ध गराउनुपर्ने बताएका छन्।

हिमालप्रेससँगको कुराकानीमा उनले ईसीडी शिक्षकले मासिक १७ हजार तलब पाइरहेकाे र ईसीडी शिक्षकको भविष्यका बारेमा सरकारले चासो नदिएसम्म गुणस्तरीय शिक्षा कायम हुन नसक्ने बताए।

उनले विद्यालय कर्मचारीलाई न्यूनतम तलबमा काम लगाउन बाध्य भएको र अवकाशपछि पनि खाली हात बिदा गर्नुपर्ने अवस्था रहेको बताए।

पौडेलले भने, ‘कर्मचारीहरूले जीवन धान्नका लागि मात्रै काम गरिरहेका छन्। विद्यालयसँग स्रोत नहुँदा दशकौँ काम गरेका कर्मचारीलाई खाली हात पठाउनुपरेको छ। कर्मचारीहरू अति पीडामा हुनुहुन्छ। उहाँहरूको समस्या समाधान गर्नुपर्ने दायित्व सरकारको हो।’

त्यसैगरी उनले राहत शिक्षकको व्यवस्थापन तत्काल गर्नुपर्ने पनि बताए। ‘उहाँहरू अस्थायी हुनुहुन्छ। उहाँहरू पनि खाली हात घर जानुपर्ने अवस्था छ’, पौडेलले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =