साढे १४ हजार घूससहित प्रधानाध्यापक पक्राउ

हिमाल प्रेस २६ भदौ २०८० १९:४२
160
SHARES
साढे १४ हजार घूससहित प्रधानाध्यापक पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित एक प्रधानाध्यकपकलाई पक्राउ गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियास्थित राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागेका थिए।

उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घूस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। उनले १४ हजार ५०० रुपैयाँ घुस लिएको प्रवक्ता दाहालको भनाइ छ।

प्रकाशित: २६ भदौ २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =