सेवाग्राहीबाट १५ हजार घूस लिने वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १९ चैत २०८० १५:५४
6
SHARES
सेवाग्राहीबाट १५ हजार घूस लिने वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घूस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो।

यसैक्रममा केही दिनअघि टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ चैत २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =