स्थानीय तहमा भ्रष्टाचार : चंखेली गाउँपालिकाका प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा

हिमाल प्रेस १३ वैशाख २०८१ १४:२६
8
SHARES
स्थानीय तहमा भ्रष्टाचार : चंखेली गाउँपालिकाका प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

चंखेली गाउँपालिका, वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय शाही, इन्जिनियर रुद्र बहादुर वली र असिस्टेन्ट सव-इन्जिनियर हर्कधन बुढाले आ.व. २०७४/०७५ मा संचालित बाटो निर्माण कार्यमा अनियमितता गरेको खुलेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई रु.२ लाख २२ हजार ५०३ रुपैयाँ १७ पैसा बढी भुक्तानी दिएको पाइएकाले शाही, वली र बुढालाई सोही बिगो कायम गरी मागदाबी लिइएको घिमिरेले जानकारी दिए।

यसैगरी उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीविरुद्ध पनि सोही रकम मागदाबी लिइएको छ।

यसैगरी चंखेली गाउँपालिका वडा नं. 3 का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीले पनि बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराएको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (3) बमोजिम सजाय हुन मागदाबी गरिएको छ।

प्रकाशित: १३ वैशाख २०८१ १४:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =