सहरमा आज : कहाँ के हुँदैछ?

हिमाल प्रेस ३ चैत २०८० ६:५०
92
SHARES
सहरमा आज : कहाँ के हुँदैछ?

काठमाडौँ- चैतको पहिलो शनिबार। यो साता नाटकघरमा ४ नाटक मञ्चन भइरहेको छ। भृकुटीमण्डप लगायत आर्टग्यालरीमा विभिन्न चित्रकला प्रदर्शनी चलिरहेको छ। हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भने सधैँ प्रदर्शन भइरहन्छन्। उपत्यकामा केकस्ता विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु भइरहेको छ त?

मञ्चनरत नाटक

कौशीमा ‘उबुर उबुर टिक्की’

टेकुस्थित कौशी थिएटर(कथा घेरा)मा चैत २ देखि फिजिकल नाटक ‘उबुर उबुर टिक्की’ मञ्चन भइरहेको छ। सुदाम सिकेले नाटकको परिकल्पना तथा निर्देशन गरेका छन्। नाटकमा मानिसका व्यक्तिगत भोगाइलाई शरीरको हाउभाउमार्फत प्रस्तुत गरिएको छ।

नाटकमा निर्देशक सुधामसहित कलाकार आकाश नेपाली, बिनिता गुरुङ, निष्ठा त्रिपाठी र सरिता कठायतको अभिनय छ। मंगलबारबाहेक साताको प्रत्येक दिन सवा ५ बजे मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो १ बजे दुई सो हुनेछ। नाटक चैत १८ गतेसम्म मञ्चन हुनेछ।

मण्डलामा ‘आकाशको बाटो’

थापागाउँस्थित मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन भइरहेको छ।

नाटकको लेखक तथा निर्देशक प्रदीपकुमार चौधरी हुन्। सामाजिक विषयवस्तुमा आधारित नाटकमा आकाशको बाटो हुँदै बिदेसिन बाध्य नेपाली युवापुस्ताको कथा र त्यसले समाजमा पारिरहेको प्रभाव प्रस्तुत गरिएको छ।

नाटकमा कलाकार सोहित रावल, सशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ्ग राई, आकृति के.सी, झरना चोखाल, विपना बस्नेत, दिया दुमी राईलगायत कलाकारको अभिनय छ। नाटक चैत १८ गतेसम्म चल्नेछ।

सोमबारबाहेक साताको प्रत्येक दिन ४ बजे मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो १२ः३० र ४ बजेको दुई सो हुनेछ।

अस्कर कलेजमा ‘रिफन्ड’

फागुन २७ देखि सुकेधारास्थित अस्कर इन्टरनेशनल कलेजको थिएटरमा नाटक ‘रिफन्ड’ मञ्चन भइरहेको छ। हंगेरियन लेखक फ्रिट्ज करिन्थीले लेखेको नाटकलाई प्रजल दुलालले नेपालीमा रूपान्तरण गरेका हुन्।

जीवन बस्नेतले निर्देशन गरेको नाटक मञ्चनको आज अन्तिम दिन हो। यो नाटक कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयमा पनि समावेश गरिएको छ।

नाटकले आधुनिक शिक्षा प्रणालीलाई व्यंग्य गरेको छ। शिक्षाको नाममा हुने व्यापार र विद्यार्थीको रुचि विपरीतको शिक्षालाई नाटकमा देखाइएको छ।

नाटक साझँ पाँच बजे मञ्चन हुनेछ।नाटकमा अस्कर कलेजका १५औँ र १६औँ ब्याचका अभिनय विषय अध्ययनरत विद्यार्थीहरू छन्।

नाटकमा झलनाथ खत्री, जीवन बस्नेत, विशाल रिजाल, ईशा सिजाली, योगेन्द्रराज राणा, निक्रित श्रेष्ठ, युदीप सिटौला र अमृत घिमिरेको अभिनय छ।

मण्डलामा ‘अन्धवेग’

मण्डलामै नाटककार बालकृष्ण समको चर्चित नाटक ‘अन्धवेग’ मञ्चन भइरहेको छ। सन् १९९६ मा प्रकाशित दुःखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ। पारिवारिक कथामा आधारित नाटकमा क्षणिक आवेगले निम्त्याएको दुष्परिणामलाई देखाइएको छ।

रंगकर्मी प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा तयार वियोगान्त नाटकमा कलाकार अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, संगीता थापा, बारात लिम्बु, सारदा अधिकारी, सुन्दर धिताल, केशवजङ्ग शाही, सन्देश कार्की र सन्तोष गिरिको अभिनय छ।

नाटक चैत १८ गतेसम्म चल्ने नाटक शनिबार दिउँसो साढे २ बजे र साँझ साढे ५ बजे मञ्चन हुनेछ।

आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी

फागुन ३० देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा कन्भोकेसन्स इन आर्ट नामक चित्रकला प्रदर्शनी चलिरहेको छ। चैत ८ गतेसम्म चल्ने प्रदर्शनीमा सोजन प्रजापतिले बनाएका परम्परागत तस्बिरहरु राखिएका छन्। प्रदर्शनीमा प्रवेश नि:शुल्क छ।

भृकुटीमण्डपमा पुष्पमेला

भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा २५ औं फ्लोरा एक्स्पो मेला चलिरहेको छ। चैत २ गतेदेखि सुरु भएको पुष्प मेला ४ गते अर्थात् भोलिसम्म चल्नेछ।

प्रदर्शनी फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा भएको हो।

पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि एक्स्पो आयोजना गरिएको प्रदर्शनीमा व्यावसायिक स्टल ६० वटा, ल्यान्डस्केपिङ स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र फुड स्टलसहित ७३ वटा स्टल छन्।

मेलामा आलंकारिक बोटबिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्रीलगायतको प्रदर्शनी तथा बिक्री कक्ष छन्।

कला परिषदमा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषदमा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनरत छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।

कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बीउबीजन, चित्रलगायतका विभिन्न दस्ताबेजहरू छन्।

चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

योद्धा

बलिउड फिल्म ‘योद्धा’ चैत २ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक सागर अम्ब्रे र पुस्कर ओझा हुन्। फिल्ममा सिद्धार्थ मल्होत्रा, राशी कन्ना मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्समा बलिउड फिल्म ‘योद्धा’ चलिरहेको छ।

रङ्गेली

फागुन २५ देखि नै प्रदर्शन भएरहेको फिल्म ‘रङ्गेली’ शक्तिको खेलमा आधारित छ। फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल,भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘रङ्गेली’ चलिरहेको छ।

उपहारः द जर्नी अफ लाइफ

फागुन २५ देखि ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ हलमा प्रदर्शन भइरहेको छ। अनधिकृत संरचनामा व्यावसाय सञ्चालन गर्दै आएकी महिलाले भोग्नुपरेको समस्यालाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ।

फिल्ममा प्रेम, रोदन, पीडा र कमेडी मिश्रित फिल्ममा रेखा थापा, मुकुन भुसाल, बेनिशा हमाल, पूजा शर्मा, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जनलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, फिल्म ‘उपहार’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स फिल्म ‘उपहार’ चलिरहेको अन्य हल हुन्।

कुङफु पाण्डा ४

फागुन २५ देखि नेपालमा हलिउड फिल्म ‘कुङफु पाण्डा’को चौथो भाग प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्। फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल,लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा हलिउड फिल्म ‘कुङफु पाण्डा ४’ चलिरहेको छ।

शैतान

थ्रिलर र हरर जनरामा बनेको बलिउड फिल्म ‘शैतान’ का निर्देशक विकाश बहल हुन्। फिल्म फागुन २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अजय देवगन, माधवन, जानकी बोडिवाला मुख्य भूमिकामा छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘शैतान’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स बलिउड फिल्म ‘शैतान’ चलिरहेको अन्य हल हुन्।

अगस्त्य

फागुन १८ गतेदेखि फिल्म ‘अगस्त्य’ प्रदर्शन भइरहेको छ। निर्देशक चौधरीको लेखन र निर्देशनमा बनेको फिल्म भारतमा बेचिएकी नेपाली किशोरीको उद्धारको कथा छ।

फिल्ममा सौगात मल्ल, निश्चल बस्नेत, रवीन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि, नाजिर हुसेन, मलिका महत, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुरमा फिल्मको पाँच सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘अगस्त्य’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स फिल्म ‘अगस्त्य’ चलिरहेको अन्य हल हुन्।

ड्युन २

फागुन ११ देखि डेनिस भिलेनुएभ निर्देशित हलिउड फिल्म ‘ड्युन २’ नेपालमा प्रदर्शन भइरहेको छ। साइन्स फिक्सन जनरामा बनेको फिल्म फ्यांक हबर्टको पुस्तकमा आधारित छ।

एक्सन, एडभेन्चर र ड्रामा जनरामा बनेको फिल्ममा फ्लोरेन्स पग, टिमोथी चालमेट, रेबेका फग्र्युसनलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, सिभिल मल र लबिम मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

प्रकाशित: ३ चैत २०८० ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =