शत्रु–षडयन्त्र विफल पार्न एकता आवश्यक : खमेनी

हिमाल प्रेस २१ जेठ २०८३ १५:५९ | Thursday, June 4, 2026
6
SHARES
शत्रु–षडयन्त्र विफल पार्न एकता आवश्यक : खमेनी

काठमाडौँ- इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीले देशविरूद्ध भइरहेका बाह्य षडयन्त्रलाई निष्प्रभावी बनाउन राष्ट्रिय एकता र आपसी विश्वास अपरिहार्य रहेको बताएका छन्।

इरानका इस्लामिक गणतन्त्रका संस्थापक इमाम खोमेनीको ३७ औँ वार्षिक स्मृति दिवसका अवसरमा आयोजित समारोहमा प्रस्तुत गरिएको सन्देशमा उनले यस्तो बताएका हुन्।

इरानी समाचार एजेन्सी तसनीमका अनुसार सर्वोच्च नेता खमेनीले आफ्नो सन्देशमा सबै नागरिकलाई दृढता, दूरदर्शिता र आपसी विश्वास कायम राख्न आह्वान गरेका छन्।

सर्वोच्च नेता खमेनीले आफ्नो सन्देशमा इरानको वर्तमान क्रान्तिकारी नेतृत्वको क्षेत्रीय भूमिकाबारे चर्चा गर्दै इरानी राष्ट्र क्षेत्रीय प्रतिरोध मोर्चाको पक्षमा दह्रोसँग उभिएको उल्लेख गरेका छन्।

प्रकाशित: २१ जेठ २०८३ १५:५९ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast