यू-१६ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

हिमाल प्रेस २७ फागुन २०८० १८:४०
16
SHARES
यू-१६ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौँ- भारतलाई पनोल्टी सुटआउटमा ३-२ ले हराउँदै बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१६ महिला च्याम्पियनसिपको विजेता बनेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको थियो।

पेनाल्टीमा बंगलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरे। सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर भने चुके। प्रितिको प्रहार भारतीय गोलकिपर मुन्नीले बचाउँदा अख्तरको प्रहार पोलमा लागेर फर्किएको थियो।

भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गर्दा एलिनादेवी सारङ्गथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाले गोल गर्न सकेनन्। तीनै प्रहार बंगलादेशी गोलकिपर यरजान बेगमले रोकिन्।

त्यसखघि खेलको चौथो मिनेटमै अनुष्का कुमारीको गोलमार्फत भारतले अग्रता लिएको थियो। ७१औं मिनेटमा मरियम बिन्ता हन्नाले बंगलादेशका लागि बराबरी गोल गरिन्।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता थियो। सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिडेका हुन्।

प्रकाशित: २७ फागुन २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =