पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एनसेलको सचेतना अभियान

हिमाल प्रेस २५ फागुन २०८० १८:०२
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एनसेलको सचेतना अभियान

काठमाडौँ– निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अस्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार (मार्च ७, २०२४) संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ।

यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरुमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्‍याउने रहेको छ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्दछ, जसका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको तथ्यांकले देखाउछ। सन् २०२२ मा मात्रै २,१६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईयो भने यस रोगको कारण १,३१३ जनाले आफ्नो ज्यान गुमाए।

अभियान सञ्चालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक सञ्जाल र मेरी स्टोप्स इन्टरनसनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिनेछ। यसबाहेक यस अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चारमाध्यम प्रयोग गरिने एनसेलले जनाएको छ।

यही महिना अर्थात मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरु सञ्चालन गरिनेछन्।

एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गरिनेछन्। त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नतालगायत विभिन्न सञ्चारमाध्यमको प्रयोग गरिनेछन् ।

प्रकाशित: २५ फागुन २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =