खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झौता

हिमाल प्रेस २५ फागुन २०८० १७:४४
खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झौता

काठमाडौँ– डिजिटल वालेट खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ। सम्झौताअन्तर्गत अब गरिमा विकास बैंक बैंकका ग्राहकले खल्ती वालेटका विभिन्न सुविधाको उपभोग गर्न सक्ने खल्तीले जनाएको छ।

साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप–गरिमा डिजिटल बटुवाबाट सीधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई

आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन्। ग्राहकले खल्ती प्रयोग गरी फिल्म, इभेन्ट लगायतको टिकट खरिद, बिल भुक्तानी र अरू थुप्रै सुविधाको लाभ उठाउन सक्नेछन्।

बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्तीबाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘डिजिटल नेपालको उदेश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हालसम्म ५०+ बैंकसँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको छ। यसैअनुरूप गरिमा विकास बैंकसँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौँ।’

प्रकाशित: २५ फागुन २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =