१५० करोडको लगानीमा होन्डाले नेपालमै स्थापना गर्‍यो असेम्ब्ली प्लान्ट

हिमाल प्रेस २५ फागुन २०८० १७:३२
१५० करोडको लगानीमा होन्डाले नेपालमै स्थापना गर्‍यो असेम्ब्ली प्लान्ट

काठमाडौँहोन्डाका दुईपांग्रे सवारीको असेम्ब्ली अब नेपालमै  हुने भएको छ। गत बुधबार होन्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु कातोद्वारा भैरहवामा ‘असेम्ब्ली प्लान्ट’ उद्घाटन भएको हो।

कार्यक्रममा होन्डका कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको उपस्थिति थियो। यसैगरी संघीय सांसद छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, प्रदेश सभा सदस्य भगवती चौधरी, रोहिणी गाविस.का अध्यक्ष विद्या यादव, ओमसतिय गाविसका पूर्वअध्यक्ष हरि भट्टलगायतको उपस्थिति थियो।

ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति तथा स्याकार ट्रेडिङ कम्पनीका उपाध्यक्ष सुहृत ज्योतिको पनि उपस्थिति थियो।

१५० करोडको लगानीमा दुई लाख स्क्वाएर फुटको क्षेत्रफलमा रहेको यस प्लान्टले एक लाखवटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले जनाएको छ।

 

प्रकाशित: २५ फागुन २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =