सामसङ इन्स्टा फाइनान्स अब झनै सहज

हिमाल प्रेस २४ फागुन २०८० १५:४४
सामसङ इन्स्टा फाइनान्स अब झनै सहज

काठमाडौँ- स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्रान्ड सामसङले सञ्चालनमा रहेको इन्स्टा फाइनान्स सेवा थप प्रभावकारी बनाउने भएको छ। यसअघि ग्राहकलाई शून्य प्रतिशत ब्याज ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोन प्राप्त गर्न सुविधा दिएको थियो। अब सामसङ नेपालले यो सुविधा लिन आवश्यकता, ग्राहकहरूले मात्र आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याउनुपर्ने घोषणा गरेको छ।

सामसङ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ग्राहकहरू आफ्नो र आफ्नो ग्यारेन्टरको दुईदुई पासपोर्ट साइजको फोटो र नागरिकता बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै २० हजार रुपैयाँ वा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्नेछन्।’

ग्राहकले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस२४ सिरिजका लिन सक्ने सामसुङको विज्ञप्तिमा उल्लेख छ।

‘यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्यांकनमा थप रु ५,००० बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा रु ३,००० बोनस पाउनेछन्’, सामसङको विज्ञप्तिमा उल्लेख छ। यी सुविधा नेपालभरि उपलब्ध छ।

प्रकाशित: २४ फागुन २०८० १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =