रास्वपाले भन्यो : अहिलेको राजनीतिक परिस्थितिलाई हस्तक्षेप गरेका छौँ

हिमाल प्रेस २४ फागुन २०८० १५:०१
32
SHARES
रास्वपाले भन्यो : अहिलेको राजनीतिक परिस्थितिलाई हस्तक्षेप गरेका छौँ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशमा चलिरहेको राजनीतिक परिस्थितिलाई हस्तक्षेप गर्न आफ्नो पार्टीले मुख्य भूमिका खेलिरहेको बताएको छ। नयाँ सत्तागठबन्धनमा सहभागी भएपछिको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियासले अहिलेको गठबन्धन निर्माणका लागि रास्वपाले मुख्य भूमिका खेलेको बताएका हुन्।

‘आज ऐतिहासिक क्षण हो, सभामुख महोदय । यहाँलाई स्मरण गराऊँ रास्वपा सदनमा आइरहँदा, पहिलोपटक विचार राखिरहँदा मैले भन्को थिएँ– हामी दुईचारजना व्यक्ति मात्र संसद्मा आएका छैनौँ । आजको समयको पेचिलो मुद्दाहरूलाई बुझेर समाज रूपान्तरणको विचारसहित हस्तेक्षप गर्न आएका छौँ भनेको थिएँ,’ परियारले भने,’बिग्रेको राजनीतिक परिस्थितिलाई हामीले हस्तक्षेप गरेका छौँ र र हाम्रा श्रद्धेय सभापतिको नेतृत्वमा नयाँ गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छौँ ।’

प्रकाशित: २४ फागुन २०८० १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =