यी हुन् नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरू

हिमाल प्रेस २३ फागुन २०८० १८:२५
154
SHARES
यी हुन् नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरू

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पनि नयाँ गठबन्धन सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेकपा एकीकृत समाजवादीले यो सरकारमा दुई मन्त्री पाएको छ।

एकीकृत समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भानुभक्त जोशी र सहरी विकास मन्त्रीमा धनबहादुर बुढालाई पठाउने निर्णय गरेको हो। नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेससहितको गठबन्धन तोडेर पुष्पकमल दाहालले नेकपा एमालेसहितको नयाँ गठबन्धनको सरकारको नेतृत्व गरिरहेका छन्। यो सरकारमा एमालेले आठ मन्त्रालय, माओवादीले ६, रास्वपाले ४ मन्त्रालय भागबन्डा गरिसकेका छन्।

प्रकाशित: २३ फागुन २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =