भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स

हिमाल प्रेस २३ फागुन २०८० १२:४९
भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स

काठमाडौँ- भाइबरले च्याट फोल्डर्स सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले विशेष कुराकानी छिटो खोज्न सहयोग गर्ने विश्वास गरिएको छ। च्याट फोल्डर्सले विषय, ग्रुप वा व्यक्तिहरूमा आधारित भई सहज वर्गीकरण गरी च्याट फोल्डर्सलाई सुव्यवस्थित बनाउँछ।

प्रयोगकर्ताहरूले पाँचवटा कस्टम फोल्डर्स सिर्जना गर्न सक्ने राकुटेन भाइबरले जनाएको छ। साथै यसले स्वचालित रूपमा अन्य सबै च्याट समावेश गर्ने एउटा ‘अल’ ट्याब पनि उपलब्ध गराउँछ।

प्रयोगकर्ताले काम, साथी, परिवार वा मनपर्नेका लागि भिन्दाभिन्दै फोल्डर्स बनाउन सक्छन्। एउटै च्याट धेरै फोल्डर्समा पनि राख्न सकिन्छ। असीमित संख्यामा च्याट थप्न सकिने भाइबरको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ फागुन २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =