तीन मन्त्रीले शपथ लिँदै

हिमाल प्रेस २१ फागुन २०८० १३:४६
72
SHARES
तीन मन्त्रीले शपथ लिँदै

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सोमबार तीनजना मन्त्रीले शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालको नाम दिएर प्रधानमन्त्री प्रचण्ड शीतल निवासबाट बाहिरिएका छन्।

मन्त्रीको नामबारे प्रधानमन्त्रीले मौखिक जानकारी गराएर फर्किएका हुन्। उनीहरूले सम्हाल्ने मन्त्रालयको बारेमा पनि केही बताइएको छैन। स्रोतका अनुसार उनीहरू तीनै जना विनाविभागीय मन्त्री बन्नेछन्। उनीहरूको शपथ कार्यक्रम अपराह्न चारदेखि पाँच बजेभित्र हुनेछ।

प्रचण्ड सरकारमा सहभागी हुन लागि तीनै सांसद दोस्रोपटक मन्त्री बन्न लागेका हुन्। गिरी प्रचण्ड नेतृत्वकै सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए। अर्याल पनि सोही सरकारमा श्रममन्त्री थिए। तामाङ भने झलनाथ खनाल प्रधानमन्त्री भएका बेला युवा तथा खेलकुदमन्त्री बनेका थिए।

गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। अर्याल रास्वपाका समानुपातिक सांसद हुन् भने तामाङ नुवाकोट निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए।

कांग्रेस-माओवादी गठबन्धन भत्किएपछि माओवादी, एमाले र रास्वपा सम्मिलित गठबन्धन बनेको हो।

प्रकाशित: २१ फागुन २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =