प्रचण्डजीले विश्‍वासको मत लिएर छिट्टै नै मन्त्रपरिषद् विस्तार गर्नुहुन्छ : पूर्णबहादुर खड्का

हिमाल प्रेस १७ फागुन २०७९ १९:४१
24
SHARES
प्रचण्डजीले विश्‍वासको मत लिएर छिट्टै नै मन्त्रपरिषद् विस्तार गर्नुहुन्छ : पूर्णबहादुर खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले छिट्टै नै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्।

बुधबार गृह जिल्ला सुर्खेत पुगेका खड्काले पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण सुरु हुने उनको भनाइ छ।

‘सरकार निर्माणको चरण सुरु भएको छैन,’ खड्काले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ।’

प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका २ र ३ दिनभित्र सरकार गठन र मन्त्रिपरिषद् विस्तार गर्ने खड्काको भनाइ छ। अहिले सरकारमा को-को जाने, को-को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला नभएको उपसभापति खड्काले बताए।

उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने र त्यसमाथि भगवान भरोसा रहेको बताएका छन्।

पुस १० मा कमजोरी हुँदा नेकपा एमालेसहित ७ दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले भत्काइएको खड्काको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =