तीनजना मन्त्रीले लिए शपथ

हिमाल प्रेस २१ फागुन २०८० १७:५१
168
SHARES
तीनजना मन्त्रीले लिए शपथ

काठमाडौँ- तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल (डीपी) ले शपथ लिएका हुन्।

आज दिउँसो एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरूबीच नयाँ सत्ता समीकरण बनेको थियो। नयाँ समीकरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् गठन गरेका हुन्।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उपस्थित थिए।

यसअघि नेपाली कांग्रेससहित दलको सत्ता गठबन्धन थियो।

प्रकाशित: २१ फागुन २०८० १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =