नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि कारोबार बन्द

हिमाल प्रेस २१ फागुन २०८० १३:२२
16
SHARES
नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि कारोबार बन्द

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजको सेयर कारोबार बन्द भएको छ। आज बजार खुलेलगत्तै परिसूचक ४ प्रतिशतले वृद्धि भएको थियो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ४ प्रतिशतले बजार बढेपछि पहिलोपटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि खुलेको बजारमा परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो।

त्यसपछि पुनःकारोबार सुरु भएपछि नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धि भएपछि कारोबार स्थगित भएको नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए।

आजको कारोबारमा नेप्से परिसूचक ११७ दशमलव ७० अंकले उकालो लागेर दुई हजार ७८ मा पुगेको छ। विभिन्न ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज विभिन्न २३७ कम्पनीका नौ लाख ३४ हजार नौ सय १९ कित्ता सेयर ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन्। कारोबार भएकामध्ये २३० कम्पनीको सेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै सेयर मूल्य घटेको छ।

प्रकाशित: २१ फागुन २०८० १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =