नयाँ गठबन्धनबारे छलफलमा प्रचण्ड, ओली र रविसहितका नेताहरू

हिमाल प्रेस २१ फागुन २०८० १०:५९
40
SHARES
नयाँ गठबन्धनबारे छलफलमा प्रचण्ड, ओली र रविसहितका नेताहरू

काठमाडौँ- पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका नेताहरूले छलफल थालेका छन्।

प्रचण्डले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, रास्वपा सभापति रवि लामिछाने, उपप्रधानसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव शंकर पोखरेललगातका नेताहरू छलफलमा छन्।

उनीहरू नयाँ बनेको गठबन्धनमा ककसलाई सहभागी गराउने बारे छलफलमा रहेको स्रोतको दाबी छ।

प्रकाशित: २१ फागुन २०८० १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =