प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई

हिमाल प्रेस १८ फागुन २०८० १७:४३
प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई

काठमाडौँ– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन्। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

नियमनकारी निकाय नेपाल बिमा प्राधिकरण (साविकको बीमा समिति)बाट बिमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बिमा क्षेत्रमा अनुभवी छन्। प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व गरेको अनुभव छ।

साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका प्रसाई प्रमुख कार्यकारी अधिकृतमा चारबर्से कार्यकालका लागि नियुक्त भएका हुन्।

प्रकाशित: १८ फागुन २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =